तस्करको आक्रमणबाट प्रहरी हवलदार घाइते

छिनोफानो   बिहिबार २९, चैत २०८० १०:४४

पवन भन्डारी
उर्लाबारी, चैत २९ गते। भारतबाट दुई वटा साइकलमा लोड गरी मोरङको रतुवामाई –१ सोनापुर तर्फ अवैध रूपमा ल्याउँदै गरेको  धानको बीउ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी हवलदार युवराज तामाङ घाइते हुनु भएको छ । 

इलाका प्रहरी कार्यालय सिंजुवाले दिएको जानकारी अनुसार बिहीबार बिहान ५ बजेतिर भारततर्फ बाट अवैध सामग्री आउँदै गरेको देखेपछि सीमा सुरक्षा गुल्म वरडङ्गाका सशस्त्र प्रहरी हवलदार तामाङले नियन्त्रणको प्रयास गर्नु भएको थियो । सोही बेला रतुवामाई १ बस्ने सदिल मियाँको छोरा सावर मियाँले प्रहरी माथि ढुङ्गा प्रहार गरेको थियो । ढुङ्गा प्रहार गरेर भागेको सावर मियाँको समूह भारत तर्फ लागेको छ । प्रहरी हवलदार तामाङ भने ढुङ्गा लागेर घाइते हुनु भएको छ । 

तामाङ चैत २८ गते साँझ ६ बजे देखि ड्युटीमा हुनुहुन्थ्यो । घटनास्थल गुल्मबाट ६ किलोमिटर दक्षिण पश्चिम रहेको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु