एकल तथा विपन्न महिलाको निशुल्क स्वास्थ्य बिमा

छिनोफानो   बिहिबार २९, चैत २०८० ११:५३

 

सिमकोट गाउँपालिकाका दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिने भएकाे छ । उहाँहरुको स्वास्थ्य उपचारमा सहजताका लागि गाउँपालिकाले स्वास्थ्य बिमा गरेको हो । 

सिमकोट गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत् पहिलो चरणमा ५९ जना दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बिमा गरेको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । 

गाउँपालिकाको वडा नम्बर १ मा दलित समुदायको बसोबास नभएकाले २ देखि ८ वडा सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बिमा गरिएको संयोजक भण्डारीले बताउनुभयो । यस्तै वडा नम्बर २ मा रहेका १४ जना, वडा ३ का १०, वडा ४ मा एक, वडा ५ मा ८, वडा ६ मा ७, वडा ७ मा ८ जना र वडा नम्बर ८ मा रहेका ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिएको संयोजक भण्डारीले बताउनुभयो । 

प्रति व्यक्ति लाग्ने विमित रकम तीन हजार पाँच सय रुपियाँ गाउँपालिकाले तिरि दिएको गाउँपालिका उपाध्यक्ष शुशिला रोकाया भामले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमले लक्षित परिवारका सदस्यहरुलाई अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने विश्वास उहाँले गर्नुभयो । 

आगामी आर्थिक वर्षबाट दिर्घरोगीका विरामीको समेत निःशुल्क स्वास्थ्य बिमा गरिने उहाँले बताउनुभयो । निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बिमा कार्यक्रममा समेटिने भएको छ । असारपछि दलित विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष, महिलालाई निःशुल्क स्वास्थ्य बीमामा समेटिदै जाने गाउँपालिकाले जनाएको छ । 

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु