अमेरिकाको टेक्सासमा महायज्ञ, मन्दिर र बौद्ध बिहार बनाउन एकै परिवारद्वारा डेढ करोड दान

छिनोफानो   बिहिबार २९, चैत २०८० ०४:२१

काठमाडौं। अमेरिकामा पशुपतिनाथ र बौद्ध बिहार निर्माणका लागि टेक्सासस्थित युलेशमा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सव) सुरु भएको छ। 

नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र, टेक्सासको आयोजनामा मंगलबारदेखि सुरु महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन्।

अध्यात्मिक केन्द्रको प्राङ्गणमा आयोजित महायज्ञ विशेष समारोहमा प्रमुख अतिथि युलेश सिटीकी मेयर लिण्डा मार्टिनसहित थिइन्।

उनीसँगै १ लाख डलरभन्दा बढी सहयोग गर्ने दाताहरूले संयुक्त रुपमा पानसमा बत्ती बालेर महायज्ञको उद्घाटन गरेका थिए। 

मेयर मार्टिनले उद्घाटन कार्यक्रममा नेपाली समुदायमा देखिएको सांस्कृतिक एकताको प्रशंसा गरिन्।  

मेयर मार्टिनले समुदायका लागि गरिने साझा सवालमा युलेश सिटी साझेदारी र सहयोग गर्न तयार गरेको बताइन्।

उनले युलेश सिटी विविधतायुक्त सांस्कृतिक शहर भएको उल्लेख गर्दै नेपाली समुदायको अध्यात्मिक महोत्सव सफलताको शुभकामना दिइन्।

कथावाचक पण्डित पोखरेलले प्रवासमासमेत जात र क्षेत्रका नाममा नेपाली समुदाय विभक्त हुन थालेकोमा चिन्ता जनाए। 

धार्मिक तथा अध्यात्मिक चेतनाको माध्यमबाट सबैलाई एकतामा बाँध्नुपर्नेमा उनको जोड थियो। पण्डित पोखरेलले परियोजना सम्पन्न गर्न नेपाली समुदायले एकै ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा जोड दिए। 

अमेरिकामा बसोबास गर्दै आएका उपेन्द्र ढकाल र सुप्रिया कार्की ढकालले महायज्ञको पहिलो दिनमै १ लाख ११ हजार १ सय ११ अमेरिकी डलर ( करिब डेढ करोड रुपैयाँ ) दान गरेका छन्। 

९ दिनसम्म चल्ने महायज्ञमा अन्य दाताहरूले पनि दान गर्नेक्रम जारी छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु