नयाँ वर्षमा बुलेट राइड आयोजना

छिनोफानो   शुक्रबार ३०, चैत २०८० ०२:४५

नयाँ वर्षको अवसर पारेर नेपाल बुलेट हाउसले बुलेट राइडको आयोजना गरेको छ। काठमाडौं–रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना गरेको हो।

रोयल इनफिल्ड बाइकका राइडरले नेपाल बुलेट हाउसको अगुवाइमा काठमाडौंदेखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने तयारी छ।आन्तरिक पर्यटन प्रवर्धनको लागि नेपाल बुलेट हाउसले दुईपाङ्ग्रे राइडमार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले काठमाडौंदेखि रामेछापको गोकुलगङ्गा र उमाकुण्ड गाउँपालिकामा रहेको ताँवे डाँडासम्म मोटरसाइकल यात्राको आयोजना गरेका हो।

काठमाडौंका बुलेट राइडर्सले शुक्रबार नेपाल बुलेट हाउसको कार्यालयबाट नायक निखिल उप्रेतीले राइडको सफलताको लागि शुभकामना दिनुभयो। नेपालको झन्डासहित निस्केका राइडर वैशाख २ गते फर्कनेछन्।  

हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवर्द्धनका लागि दुईपाङ्ग्रे सवारी यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले जानकारी दिनुभयो।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु