वित्तिय संस्थाका वरिष्ठ फिल्ड सहायकविरुद्ध १९ लाखको भ्रष्टाचार मुद्दा

छिनोफानो   शुक्रबार ३०, चैत २०८० ०३:३५

ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड, टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध १९ लाख दुई हजार २३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार घिमिरेले वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत रहँदा आर्थिक वर्ष २०६८/०६९ देखि आफू कार्यरत बैंकको सो रकम अपचलन तथा हिनामिना गरेको पुष्टि भएको छ ।

आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम १९ लाख दुई हजार २३७ रुपियाँ रकम बिगो कायम गरी जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु