प्रतिनिधिसभाको बैठक बस्दै : हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने

छिनोफानो   आइतबार ०२, बैशाख २०८१ ०९:४२

काठमाण्डौ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेअनुसार आज राति १२ बजेदेखि हिउँदे अधिवेशनको अन्त्य हुँदैछ । गएको माघ २२ गतेदेखि संसद्को हिउँदे अधिवेशन शुरु भएको थियो ।

यसबीचमा सङ्घीय संसद्ले तीन वटा विधेयक मात्र पारित गरेको छ । प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका २० वटा बैठक बस्दा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक मात्र पारित भएका छन् ।

अस्ति संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारले निर्णय गरेलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु