प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

रासस   शुक्रबार ०७, बैशाख २०८१ १०:२७

काठमाडौँ, वैशाख ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । 

भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यसका निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु