गुल्मीमा जिप दुर्घटना हुँदा चालक घाइते

छिनोफानो   आइतबार ०९, बैशाख २०८१ १०:२५

गुल्मी ।  गुल्मी  जिल्लाको इस्मा गाउँपालिका २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरको जिप दुर्घटना हुँदा चालक घाइते भएका  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिप चालक २५ वर्षीय ओमबहादुर सारू घाइते हुनुभएको प्रहरीले जनाएको छ । जिप सडकबाट पाँच मिटर तल खसेको थियो । घाइतेको अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु