धनगढीबाट अबैध सामानसहित गोदावरीकी एक महिला पक्राउ

छिनोफानो   आइतबार ०९, बैशाख २०८१ ११:५१

धनगढी ।  धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र भन्सार चोकबाट,धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली, गोदावरी नगरपालिका–३ चौकीडाँडा  र कैलारी गाउँपालिका–३ हुलाकी रोडबाट अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्याज, सुर्ती, पान मसला, नरिवल, जिरा, धनीया, बिडी, सरफ, चाट मसला, पास्ता, अचार मसला लगायतका  दुई लाख ४९ हजार २८५ मुल्यको सामान शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पनि एक लाख २५ हजार २६० मुल्यको ३५० किलोग्राम प्याज र एक थान अटोसहित गोदावरी नगरपालिका–३ की ४० वर्षीया जयन्ती ऐरलाई शनिबार अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ।

त्यस्तै जानकी गाउँपालिका–४ मनुवाबाट पनि ४ लाख ९२ हजार मुल्यको २४० किलोग्राम धानको बिउसहित बिउबोकेको एक थान अटो शनिबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु