काम गरेका मजदुरको २५ लाख बढी ज्याला नतिरेर ठेकेदार शाह र शाही फरार

पवन भण्डारी   सोमबार १०, बैशाख २०८१ १२:५०

पवन भण्डारी,धनगढी । अछाममा कामदारको पैसा नदिएर ठेकेदार दुई वर्ष सम्म फरार रहेका छन । जिल्लाको मङ्गलसेन नगरपालिका ७ स्थित जाजरकोट मन्दिरको घेरा पर्खाल तथा सिडी निर्माणको ठेक्का पाएका ठेकेदार दिनेश शाह र नर बहादुर शाही फरार रहेका हुन । ठेकेदार शाह र शाहीले मजदुरहरूको करिब २५ लाख बढी ज्याला दिन बाकी रहेको बुझिएको छ । पुष्पाञ्जली कन्स्ट्रक्सन ठेकेदार प्रकाश शाहको फामबाट दिनेश शाहको उदयदिप संयुक्त निर्माण सेवाले सो निर्माणको काम गरिरहेको थियो । तर अहिले मज्दुरहरुको ज्याला दिन छोडेर दुई वर्ष देखि  दिनेश शाह र नर बहादुर शाही दुवै जना फरार रहेका छन । 

काम सम्पन्न भएको दुई वर्ष बढी भई सक्दा पनि ठेकेदार शाह र शाहीले मजदुरको ज्याला नदिएर भागेका हुन । राष्ट्रिय पर्यटन बोर्डको ७० प्रतिशत र मङ्गसैन नगरपालिकाको ३० प्रतिशत गरी करिब १ करोड ९० लाखमा ठेक्का ठेकेदार पुष्पाञ्जली कन्स्ट्रक्सन ठेकेदार प्रकाश शाहले पाएका थिए । 

अहिले मजदुरको ज्याला दिन पर्ने भए पछि ठेकेदार दिनेश शाह र सहायक ठेकेदार बनेका नर बहादुर शाही मोबाइल अफ गरेर सम्पर्क विहीन बनेका हुन । उनीहरूले नागरिकलाई दिएको ९८५८४२५४६२ र  नम्बरहरू बन्द रहेका छन । यो बिषयमा बुझ्न हामीले हर प्रयास गर्दा पनि दुवै जनाको फोन अफ रहेको छ । पुष्पाञ्जली कन्स्ट्रक्सन ठेकेदार प्रकाश शाहको फामबाट दिनेश शाहको उदयदिप संयुक्त निर्माण सेवाले सो निर्माणको काम गरिरहेको थियो । आफूहरूको फामबाट काम भएको भए पनि आफूले काम नगराएको र दिनेशले मजदुर सँगै आफूलाई समेत ठगेको ठेकेदार प्रकाश शाहले बताए । म जसरी भए पनि मजदुरको पैसा दिलाउन प्रयास गर्छु तर अहिले दिनेश आफ्नो सम्पर्कमा छैन उनले भने । 

          मङ्गलसेन ७ कि रत्ना देवी जैशीले आफू लगायत आफ्नी छोरीले काम गरेको करिब १४ हजार ८ सय ज्याला पाउन बाकी रहेको बताइन । उनले “भनिन म र छोरी काम गर्न जान्थ्यौ दुई वर्ष भयो पैसा पाएका छैन ठेकेदार फरार रहेको छ ।” खान लाउन सहज होला भनेर काम गर्र्याै तर अहिले सम्म ठेकेदारले पैसा दिएको छैन न कुनै खबर गरेको छ उनले भनिन ।”यस्तै सोही ठाउका राम प्रसाद जैसीको गुनासो पनि उस्तै छ,उनी भन्छन् दुई वर्ष भयो ज्याला पाएका छैनौ । ठेकेदार कता भाग्यो केही अत्तोपत्तो छैन । 

यस्तै मङ्गसैन ७ कै मदन प्रसाद जैसीले ठेकेदारले कामदारको ज्याला नदिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन ।

करिब १ सय जना मजदुरको ज्यालामा  ठेकेदार शाह र शाहीले  रजाइँ गरिरहेका छन । नगरपालिका भित्रका करिब १० ठाउँमा ठेकेदार शाहीले निर्माणको ठेक्का लिएको बुझिएको छ । तर अन्य वडाका मजदुरहरूले समेत ज्याला न पाएको गुनासो छिनोफानो डटकमलाई प्राप्त भएको छ । 

यता मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सोडारीले नगरपालिका बाट दिने ३० प्रतिशत रकमको ५६ लाख  आफूहरूले भुक्तानी गरिसकेको बताए । उनले भने हामीले दिने पैसा दिई सक्यौ अब आउने पैसा हामी विवाद नमिल्दा सम्म रोकी दिन्छौ ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु