मायामेट्रो अस्पतालमा  उपचाररत बिरामीको मृत्यु,अस्पतालमा तनाब

छिनोफानो   मङ्गलबार ११, बैशाख २०८१ ११:५७

धनगढी । धनगढीको मायामेट्रो अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । मंगलबार बिहान ५ बजेको समयमा अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएको हो । 

पाठेघरको समस्या देखिएर १० गते अस्पताल भर्ना भएकी बझाङको थलारा गाउँपालिका ६ की ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मृत्यु भएको हो । पाठेघरको समस्या भएकी उनको अपरेसनपछि मृत्यु भएको बताइएको छ ।

उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन । यस्तै अहिले अस्पताल तनाव भएपछि प्रहरी परिचालन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु