डडेल्धुरामा कार दुर्घटनामा परी २ जना घाइते

छिनोफानो   मङ्गलबार ११, बैशाख २०८१ ०१:०४

डडेल्धुरामा कार दुर्घटना भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो । 

दुर्घटनामा दुई जना घाइते भएका छन् । अमरगढी–७ कै केशव भट्टराई र रोशन भट्टराई घाइते भएको बताइएको छ । दुवैको उद्धार गरि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु