निःशुल्क लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन

छिनोफानो   बुधबार १२, बैशाख २०८१ १०:५८

नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन गरेको छ । दुई सय युवाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको कक्षा ७५ दिनसम्म सञ्चालन हुने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

द सक्सेस इन्स्टिच्युटसँगको सहकार्यमा सञ्चालित कक्षामा लोक सेवा आयोग सम्बन्धी अप्रविधिकतर्फ नायब सुब्बा, खरिदार तथा प्राविधिकतर्फ हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमी पदको लिखित परीक्षाको तयारी गराइनेछ । 

सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीका अनुसार विगत ६ वर्षदेखि निरन्तर सञ्चालन गरिँदै आइएको निःशुल्क लोक सेवा पूर्व तयारी कक्षा छैठौं पटक हुँदैछ । पूर्व तयारी कक्षाको नगर उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभयो । 

प्रशिक्षक एवम् जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डेले मिहिनत, उत्प्रेरणा र अठोटले लोक सेवाको तयारीलाई मूर्तरुप दिने भन्दै उच्च मनोबलका साथ तयारी गर्न आग्रह गर्नुभयो । द सक्सेस इन्स्टिच्युटका सञ्चालक सुमित केसीले लोक सेवाको तयारीमा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न कक्षा सञ्चालन गरिएको बताउँदै जिज्ञासु भएर अघि बढ्न आग्रह गर्नुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु