फरार ठेकेदार शाही सम्पर्कमा ,भन्छन् “मलाई प्रकाश शाह र दिनेश शाहले पैसा दिएनन् ।”

पवन भण्डारी   बुधबार १२, बैशाख २०८१ ०६:०५

पवन भण्डारी,धनगढी । अछाममा मजदुरको ज्याला नदिएर फरार ठेकेदार मध्ये एक जना सम्पर्कमा आएका छन । ठेकेदार नर बहादुर शाह सम्पर्कमा आएका हुन । छिनोफानो डटकममा मजदुरको ज्याला नदिएर दुई जना ठेकेदार फरार शीर्षकमा समाचार प्रकाशित गरेपछि एक जना  ठेकेदार शाही सम्पर्कमा आएका हुन । सम्पर्कमा आयका ठेकेदार नर बहादुर साहीले आफूले मजदुरको पैसा दिन बाकी रहेको स्वीकार गरेका छन । 

       उनले भने मैले काम गराएको हु, तर मलाई ठेकेदार दिनेश शाह र प्रकाश शाहले काम गराएको पैसा नै नदिएको बताए । आफूले धेरै ठाउको कामको जिम्मा लिएको भए पनि  हाल सम्म पैसा नपाउँदा मजदुरको ज्याला दिन नसकेको उनले स्विकारेका हुन ।  ठेकेदार प्रकाश शाहलाई यो बारे बुझ्दा दिनेश शाह र नर बहादुर शाही बिच लेनदेन विवाद रहेको बताए । 

उनले भने मैले दुबैलाई सङ्गै राखेर कुरा गरेको हु दिनेशले नरबहादुर साहीलाई सबै पैसा दिई सकेको भन्छ भने नर बहादुरले पैसा दिनेशले न दिएको भन्दै दुई बिच विवाद सम्म भएको बताए । यसरी हेर्दै दिनेश र नर बहादुर दुवै मिलेर मजदुरको पैसा हिनामिना गरेको हुन सक्ने देखिन्छ । दिनेश सम्पर्क विहीन रहे पनि नर बहादुर शाही  भने आफूले जसरी नि मजदुरको पैसा तिर्ने बताउँछन् । 

             आफूले पनि प्रकाश शाह र दिनेश शाहबाट ठेक्कामा लिएर काम गरेको भए पनि हाल सम्म आफूले पैसा नपाउँदा मजदुरको पैसा दिन नसकेको उनले बताए । ठेकेदार प्रकाश शाह र दिनेश शाहले मंलसैन नगरपालिका बाट ५६ लाख रकम भुक्तानी लिएका छन भने पर्यटन मन्त्रालयबाट पहिलो किस्ता समेत लिई सकेका छन । तर मंगलसैन नगरपालिका भित्र रहेका १० ठाउँमा काम गरेका मजदुरको ज्याला भने उनीहरूले दिएका छैनन् । करिब २ वर्ष भन्दा बढी समय देखि ठेकेदारहरू मजदुरहरूको सम्पर्कमा छैनन् ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु