कैलालीबाट फरार ३ प्रतिवादी पक्राउ

छिनोफानो   बिहिबार १३, बैशाख २०८१ ११:४३

कैलाली।  जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चेक अनादर मुद्दाका २ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय गणेश रावत, गाली बेइज्जति मुद्दामा जनही १ हजार रुपैयाँ जरिवाना ठहर भएका टीकापुर नगरपालिका-१ बस्ने ६० वर्षीय विष्णुलाल आचार्य र ३५ वर्षीय टीकाराम आचार्य र ज्यान मुद्दामा १० वर्ष कैद सजाय र एक लाख जरिवाना ठहर भएका लम्कीचुहा नगरपालिका-३ बस्ने ५४ वर्षीय लालमनी तिमलसेना रहेका प्रहरीले बताएको छ ।

उनीहरुलाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु