मजदुरको पसिना माथि ठेकेदारको रजाइँ, ४ वर्ष सम्म पनि पाएनन् ज्याला

पवन भण्डारी   बिहिबार १३, बैशाख २०८१ ०२:३३

पवन भण्डारी,धनगढी । मङ्गलसेन नगरपालिका ७ स्थित जनाली  झरनाको गेट,प्रतीक्षालय तथा सिडी निर्माणमा काम गरेका मजदुरले ४ वर्ष सम्म पनि ज्याला पाउन सकेका छैनन् । पुष्पाञ्जली कन्स्ट्रक्सने  ठेक्का पाएको उक्त कामको उदयदिप निर्माण जिम्मेवारी लिएको थियो । पुष्पाञ्जली कन्स्ट्रक्सन ठेकेदार प्रकाश शाहले उदयदिप निर्माण सेवाका ठेकेदार दिनेश शाहलाई ठेक्का दिएका थिए भने दिनेशले काम गराउने ठेक्का नर बहादुर शाहीलाई दिएका थिए । 

नर बहादुर शाहीले उक्त झरनाको काम सम्पन्न गरे पनि मजदुरको पैसा भने ४ वर्ष सम्म पनि दिएका छैनन् ।  नजाली झरनामा काम गर्ने कतिपय मजदुरको मृत्यु समेत भई सकेको छ भने कोही विदेश पलायन भई सकेका छन । मंगलसैन ७ का सर्जन विकले भारतबाट छिनोफानो डटकमलाई सम्पर्क गर्दै ठेकेदारहरूले आफूले मजदुरी गरेको पैसा ४ वर्ष सम्म पनि नदिएको गुनासो पोखे । 

उनले भने मैले करिब १८ हजार बढी ज्याला पाउन बाकी छ म इन्डिया आयकै ३ वर्ष भयो अहिले सम्म पाएको छैन । पैसा पाउने आसामा केही समय कुरे पनि पछि ठेकेदार नै सम्पर्कमा नआएपछि आफू रोजगारको लागी भारत आएको बताए । सर्जन कामी एक उदाहरण पात्र मात्र हुन नजाली झरनामा काम गरेका करिब ३५ जना कामदारको करिब ४ लाख ५० हजार बढी ज्यालामा ठेकेदारहरूले मस्ती गरिरहेका छन । पूर्व संविधान सभा सदस्य भैरे कामीले आफ्नो वडामा निर्माण भएको नजाली झर्नामा काम गरेका ठेकेदारले मजदुरको ज्याला नदिएको गुनासो आफू सम्म पनि पुगेको बताए । उनले भने मैले सम्पर्क भएसम्म ठेकेदारलाई ताकेता गरे पनि सबै सम्पर्क विहीन भए । 

अहिले मजदुर बाहेक वडामा रहेका पसलहरूमा समेत ठेकेदारले खाएको पैसा समेत बाकी रहेको उनले बताए । उनले अब आफूले नागरिकलाई कानुन सम्बद्ध अगाडि बढ्न सुझाव दिएको बताए । यता मंगलसैन नगरपालिका प्रमुख पदम बहादुर बोहराले नगरबाट दिने पैसा आफूहरूले सबै भुक्तानी गरिसकेको बताए । उनले भने हामीले नागरिकलाई पैसा नगरपालिका बाट भुक्तानी हुदैछ भनेर भनेका थियौ तर उनीहरूले मजदुरको ज्याला नदिएको रैछन । हामी अझै ठेकेदार सँग यो बिषयमा कुरा गर्छौ र तत्काल ज्याला दिलाउन प्रयास गर्नेछौ उनले भने ।  

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु