तारा गाउँ विकास समितिको कार्यशाला वैशाख १५ र १६ गते ककनीमा

छिनोफानो   बिहिबार १३, बैशाख २०८१ ०३:३८

तारा गाउँ विकास समितिले वैशाख १५ र १६ गते “बागमती प्रदेश कार्यशाला गोष्ठी– २०८१” गर्ने भएको छ । नुवाकोटको ककनी स्थित तारा गाउँ रिसोर्ट होटलमा हुने गोष्ठीको उद्घाटन  संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन  मन्त्री हितबहादुर तामाङ्ले गर्नुहुने छ । 

कार्यशाला गोष्ठीमा पर्यटनविद् डा. आलोक बाबु प्रसाईं र पर्यटन कानुनविद् अधिवक्ता घनेन्द्रबहादुर श्रेष्ठले “होमस्टे प्रवर्द्धनमा तारा गाउँको भूमिका ” र “पर्यटन कानुन” विषयहरुमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । 

गोष्ठीमा पूर्व घोषित पुरस्कार वितरण गरिनेछ । वितरण बाँकी रहेको आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷७८ को कार्यक्रमअन्तर्गतको होमस्टे पुरस्कार २०७६ बाट नाम्जे थुम्की सामुदायिक होमस्टे, साँगुरीगढी नगरपालिका ६ धनकुटालाई नगद एक लाख एक हजार सहित सम्मान पत्र प्रदान गरिनेछ । 

२०७७ सालको उत्कृष्ट होमस्टे पुरस्कारतर्फ प्रथम अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे चितवनलाई एक लाख एक हजार नगरदसहित सम्मान पत्र प्रदान गरिनेछ । 

द्वितीय अन्तुडाँडा सामुदायिक होमस्टे, सूर्योदय नगरपालिका श्रीअन्तु इलामलाई नगद ७५ हजार एक सय र सम्मान पत्र र तृतीय कालाबाङ्ग घडेरी सामुदायिक होमस्टे, पोखरा महानगर २२ कास्कीलाई ५० हजार एक सय नगद र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । 

बागमती प्रदेश होमस्टे  कार्याशाला गोष्ठी संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय ककनी गाउँ पालिका, होमस्टे महासंघ नेपाल, केन्द्रीय समिति, होमस्टे महासंघ नेपाल बागमती प्रदेश ,विभिन्न सामुदायिक निजी होमस्टेकर्मी, सरोकारबाला संघ संस्था, पर्यटन विज्ञ, नुवाकोट, उद्योग वाणिज्य संघ,नुवाकोट होटल व्यवसायी संघको सरहकार्यमा हुने विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु