कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव गैरेलाई सेवाबाट हटाउने निर्णय

छिनोफानो   शुक्रबार १४, बैशाख २०८१ १०:४४

काठमाडौँ, वैशाख १४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।

मन्त्री परिषद्को बैठकले उहाँलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (छ) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । 

क.स.नं. १५३३०६० भएको गैरेले बिदा स्वीकृत नगराई २०८० वैशाख २ गते देखि अनुपस्थित रहेका थिए । 

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु