प्राथमिक तह तृतीय श्रेणीका ४ हजार ४ सय ६२ शिक्षकका लागि विज्ञापन खुला

छिनोफानो   शनिबार १५, बैशाख २०८१ ०१:४५

काठमाण्डौ – शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका ४ हजार ४ सय ६२ शिक्षकका लागि विज्ञापन खुलाएको छ । आयोगले आज विभिन्न समूहमा सात वटै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।

सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ हजार १ सय ३, कोशीमा १ हजार ७७, गण्डकीमा ८ सय, मधेशमा ५ सय ८, लुम्बिनीमा ४ सय ९५, सुदूरपश्चिममा ३ सय २ र सबैभन्दा कम कर्णालीमा १ सय ७७ जनाका लागि आवेदन माग भएको छ ।

योग्यता पुगेका इच्छुकले अनलाइनबाट जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै दोब्बर दस्तुरमा जेठ २० गतेसम्म आवेदन भर्न सकिने शिक्षक सेवा आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु