बझाङमा आधाभन्दा कम मतदान, आईतबार हेलिकप्टरमार्फत तीन केन्द्रको मत पेटिका ल्याएर गणना गरिने

छिनोफानो   आइतबार १६, बैशाख २०८१ ०९:१०

कैलाली। बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा आधाभन्दा कम मत खसेको छ । यहाँ ६१ हजार ७६८ मतदाता रहेकोमा ३० हजार ३२८ मत अर्थात ४९.१२ प्रतिशतमात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

उनका अनुसार बझाङमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल तोकिएका थिए । सबैमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए । उनका अनुसार अहिले मत पेटिका ल्याउने काम भइरहेको छ ।

साइपाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ लिने काम भइरहेको छ । ती तीन वडाको मत पेटिका आइतबार हेलिकप्टरमार्फत ल्याइने मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु