काठमाडौँ महानगरले देशैभरका अशक्त र गरिब नागरिक बिरामीको निःशुल्क उपचार गर्ने

छिनोफानो   आइतबार १६, बैशाख २०८१ ११:१८

काठमाडौँ, वैशाख १६ गते । काठमाडौँ महानगरपालिकाले अशक्त र गरिब नागरिक बिरामीका लागि निःशुल्क उपचारको सुविधा सुरु गरेको छ । 

काठमाडौँ महानगरवासी मात्र नभएर देशैभरका अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आएमा निःशुल्क उपचारको व्यवस्था गर्ने जनाएको हो ।  उपत्यकामा रहेका ५२ अस्पतालका ३७४ बेडबाट बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने महानगरले जनाएको छ । 

यसका लागि महानगरको निःशुल्क टेलिफोन नम्बर ११८० मा कल गरेर थप जानकारी समेत लिन सकिने काठमाडौँ महानगर स्वास्थ्य विभागले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु