ट्याक्टर दुर्घटनामा एकको मृत्यु

छिनोफानो   आइतबार १६, बैशाख २०८१ ११:५८

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार छेडागाड १२ पालेवाटबाट मनघाटतर्फ गिट्टी बोकेर गइरहेको रा १ त २९५९ नं को ट्याक्टर  एक्कासि अनियन्त्रित हुँदा ट्याक्टरमा टाउको ठोक्किएर  सोही वडाका ४२ वर्षीय खडक बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाबारे आवश्यक अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगिसकेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु