राजमार्ग विस्तारका लागि ७ दिनभित्र घर भत्काउन नगरपालिकाको आग्रह

छिनोफानो   मङ्गलबार १८, बैशाख २०८१ ०१:२३

तनहुँ, वैशाख १८ गते । तनहुँको व्यास नगरपालिकाले तनहुँको सदरमुकाम दमौलीको सडक सीमाभित्रको घर सात दिन भित्र भत्काउन आग्रह गरेको छ ।

विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा खण्डको काम तनहुँको सदरमुकाम दमौलीमा राजमार्गको क्षेत्राधिकार भित्र रहेको घर भत्काउन ढिला हुँदा प्रभावित भएकाले नगरपालिकाले आग्रह गरिएको हो । 

अधिकांशले घर भत्काउन आलटाल गरेपछि सोमबार व्यास नगरपालिकाले प्रेस विज्ञप्ति प्रकाशित गरी तुरुन्त घर भत्काएर निर्धारित समयमा काम पुरा गर्न सहयोग गर्न आग्रह गरेको हो । सडक अतिक्रमण गरी बनाइएका घर नभत्काउँदा आयोजनाको समय अवधि लम्बिने र लागत मूल्य बढ्ने भएकोले गम्भीर हुनुपर्ने  पूर्वी खण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु