गोदावरी खोलामा डुबेर १३ वर्षीय बालकको मृत्यु

छिनोफानो   मङ्गलबार १८, बैशाख २०८१ ०१:३१

गोदावरी नगरपालिका ८ हाटखोली खोलामा  डुबेर एक बालकको मृत्यु भएको छ ।  

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी बस्ने लक्ष्मण चौधरीका छोरा  १३ वर्षीय राजिव चौधरीको नुहाउने क्रममा डुबेर सोमवार मृत्यु भएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट टोली खटिई मृत अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु