सुनको मूल्य २७ सयले घट्यो

छिनोफानो   बुधबार १९, बैशाख २०८१ ११:१७

काठमाडौँ ।   स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो मङ्गलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो ।

यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपियाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६५० रुपियाँ रहेको चाँदी आज एक हजार ६३० रुपियाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु