सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने

छिनोफानो   बिहिबार २०, बैशाख २०८१ १०:३१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार विश्वासको मत लिने भएका छन्।

शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। प्रदेशसभाको बैठकमा  मुख्यमन्त्री सोडारीले   विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

यहि वैशाख ६ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनलाई सत्तारुढ दल र स्वतन्त्र सांसद तारा जोशीसमेत गरी ३० सांसदको समर्थन छ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु