बुढीतोला दुर्घटना मोटरसाइकल चालकको सेतीमा उपचार हुँदै बस चालक फरार

छिनोफानो   सोमबार २४, बैशाख २०८१ १२:४८

कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटसाइकल चालक घाइते भएका प्रहरीले बताएको छ । मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका १ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐर घाइते भएका हुन् ।

 

उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए ।

उनका अनुसार उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरीत दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन । बस चालक भने फरार छन् । उनको खोजी भइरहेको बताइएको छ । दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु