कैलाली र बर्दिया जोड्ने पुल निर्माण कार्य सुरु

छिनोफानो   मङ्गलबार २५, बैशाख २०८१ १०:४३

धनगढी। कैलाली र बर्दिया जोड्ने पुल निर्माण कार्य सुरु भएको छ । कैलालीको टीकापुर र बर्दियाको सनकट्टी घाट जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण कार्य सुरु भएको हो।

उक्त पुल ०८४ साल पुस मसान्तसम्म निर्माण सम्पन्न हुने रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले जनाएको छ । १ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण हुने पुलको लम्बाइ ७ सय ५० मिटर रहेको रसुवा कन्स्ट्रक्सनका साइट इन्चार्ज कृष्ण ढुंगेलले बताए । १४ वटा फाउन्डेसन रहने पुलमा ७ दशमलव ५ मिटर चौडाइ र दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहने उनले जनाए ।

यही असारभित्र ६ वटा पिल्लर निर्माण गर्ने पनि उनले जनाए । पुल निर्माण भएपछि बर्दियाबाट कैलालीको टीकापुर निकै छोटो बाटोमार्फत पुगिने छ । यसअघि ०५० सालमा कर्णालीको चिसापानी र राजापुर कैलाली जोड्ने सत्तीघाटमा ०७३ सालमा पुल बनेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु