धनगढीको सहिदगेटमा स्कुटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाईते

छिनोफानो   मङ्गलबार २५, बैशाख २०८१ ०३:०३

धनगढी।  कैलालीको धनगढीमा स्कुटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिदगेटमा स्कुटरले मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको हो। 

धनगढी-४ का कुबेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई पछाडीबाट धनगढी-४ की मन्जु भट्टले चलाएको सुदूरपश्चिम प्रदेश  ०१००८ प ७४०४ नम्बरको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटना हुँदा चालक दुबै जना घाईते भएका छन्। घाईते मोटरसाइकल चालक कुँवरको नवजिवन अस्पताल र स्कुटर चालक भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाईते दुबै जना अवस्था मध्यम रहेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु