सुदुरपश्चिममा ६ महिना देखि पायनन् चिकित्सकले अतिरिक्त सेवा वाफतको सुबिधा,सामाजिक बिकास मन्त्रालय भन्छ खर्जको विवरण आएन

पवन भण्डारी   बिहिबार २७, बैशाख २०८१ ०२:२९

पवन भण्डारी,धनगढी । सुदुरपश्चिम प्रदेशमा रहेका विभिन्न अस्पतालमा कार्यरत कर्मचारीहरुले असोज महिना देखि अतिरिक्त सेवा वाफतको सुबिधा पाउन सकेका छैनन । प्रदेशको सामाजिक बिकास मन्त्रालयले समयमै बजेट उपलब्ध नगराउदा कर्मचारीहरुले पाउनु पर्ने सुबिधा नपाएका हुन ।

जिल्ला अस्पताल अछाममा कार्यरत चिकित्सक भन्छन हामिले त करिब ६ महिना बढि भयो अतिरिक्त सेवा वाफतको पैशा लिन बाकी छ । पटक पटक प्रदेशको सामाजिक बिकास मन्त्रालयमा यो बारे जानकारी गराउदा पनि कुनै वास्ता नै नभएको उनि बताउछन ।

सदुरपश्चिम प्रदेशका कतिपय अस्पतालहरुमा चिकित्सकहरुले ईमजेन्सी बाहेकका अन्य सेवा बन्द गर्दै आन्दोलन समेत सूरु गरेको बताउदै उनले भने यदि आफुहरुले पनि समयमै सो सेवा सुबिधा नपाए आन्दोलनका कार्यक्रम गर्ने बताए । 

सदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयका सचिब चक्र पाणी पाण्डेले आफुहरुले प्रत्येक अस्पतालहरुमा बजेट दिएको र अस्पतालले कति खर्ज भयो कति बाकी रहेको छ र कति चाहिन्छ भन्ने बारे कुनै जानकारी नै नदिएको बताए । 

अस्पतालले पहिले पठायको पैशाको खर्जको बिवरण नपठाउदा थप पैसा पठाउन नसकेको बताए । उनले भने अहिले बिवरण संकलन गरिरहेका छौ केहि समयमै सबै ठाँउमा बजेट पठाउछौ ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु