भारतमा उपचार गराई रहेकी मङ्गसैन ६ कि भरूँ नेपालीलाई उपचारमा आर्थिक समस्या,सहयोगका लागि अपिल

छिनोफानो   बिहिबार २७, बैशाख २०८१ ०३:५१

धनगढी । दुवै मिर्गौलामा सुजन र पित्त थैली मा समस्या देखिएकी  अछामको मङ्गसैन नगरपालिका  ६ कि भरूँ नेपालीको उपचारमा आर्थिक समस्या आयको छ । कमजोर आर्थिक स्थिति भएकी भएकी नेपालीको भारतको पुणेमा उपचार भइरहेको छ ।करिब दुई हप्ता देखि निरन्तर उपचारमा रहेकी नेपालीलाई हाल सम्म करिब डेढ लाख बढी खर्च भैईसकेको   उनका देवर विकास नेपालीले बताए ।

उनले भने रिन कर्ज गरेर यति सम्म त गरे डाक्टरले ४,५ लाख भारु लाग्ने भनेको छ अब उपचार गर्न निकै समस्या भयो ,त्यसैले भाउजूको जीवन रक्षा र सहयोग  गरिदिन उनले सबै सङ्ग गुहार मागेका छन । भरूँ नेपालीका श्रीमान् धर्मे नेपाली नेपालमै बस्छन् । दैनिक मजदुरी गरेर घरपरिवार पालिरहेका नेपाली भन्छन् श्रीमतीलाई यस्तो अब कसरी उपचार गरौँ समस्या भयो ।

गाउँमा रिन कर्ज पनि आफू बेरोजगार हुँदा कसैले पत्याउदैनन ,आफू सङ्ग बेच्न जग्गा जमिन केही छैन अब भगवान् भरोसा बाहेक केही छैन उनले भने । सबै लाई हात जोडेर बिन्ती गर्छु मेरो श्रीमतीलाई बचाई दिनुस् उनले निराश हुँदै भने । उनले सबै लाई सहयोग गरी दिन आग्रह समेत गरेका छन । भरूँ नेपालीलाई सहयोग गर्नका लागि भारतका लागी बिकास परियार गुगलपे 7796988483 गुगलपेबिवेक भण्डारी   9118644890 नेपालका लागि पवन भण्डारी  ईसेवा  9848460884

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु