पुर्बिचौकी गाउँपालिकाले सूचना नै नगरी गर्‍यो कर्मचारी नियुक्ति, अध्यक्ष भन्छन् नियम अनुसार गरेको छु

छिनोफानो   शुक्रबार २८, बैशाख २०८१ ११:५९

पवन भण्डारी,धनगढी । डोटीको पुर्बिचौकी गाउँपालिकाले आवश्यक प्रक्रिया नै पुरा नगरी कर्मचारी भर्ना गरेको आरोप लागेको छ । पालिकाले दुई वडामा जेटिए र एक जना कार्यालय सहयोगी लाई कार्यपालिका बैठकबाटै सिधै नियुक्ति गरेको आरोप लागेको हो । 

गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले राजनैतिक पहुँचको आधारमा कर्मचारी भर्ना गरेको नागरिकहरूको गुनासो छ । कर्मचारी भर्ना समन्धी आवश्यक सूचना नै प्रकाशित नगरी पालिकाले कर्मचारी भर्ना गरे पछि गाउँपालिकाको नागरिक स्तरबाट चर्को विरोध हुँदै आएको छ । 

पालिकाले वडा नम्बर १ र ५ मा जेटिए नियुक्त गर्दा कुनै सूचना नै प्रकाशन नगरी कार्यपालिकाको बैठकबाट बाट सोझै निर्णय गरेको समाचार श्रोतको भनाई छ । समाचार श्रोत भन्छ “अध्यक्षले गाउँपालिकालाई कार्यकर्ता भर्नाको अखडा बनाउनु भयो,उनले आफ्नो शक्तिको दुरुपयोग गर्नु भएको छ ।” गाउँपालिकामा विगत लामो समय देखि कार्यालय सहयोगीका रूपमा रहेका डम्मर दमाईको उमेर हद ४० वर्ष पुरा भइसकेको र सरकारी सेवामा नियुक्त गर्न नमिल्ने भन्दै भए पनि अध्यक्ष उपाध्यायले उनको नियुक्ति गरेको समाचार श्रोतको भनाई छ ।” 

पूर्व गाउँपालिका अध्यक्ष दीर्घ बोगटीको कार्यकालमा दमाईको उमेर हद नागेको भए पनि पहिले देखि नै काम गरेको हुँदा उनलाई डोर हाजिरीमा तलब खाने गरी राखिएको थियो । तर अहिले अध्यक्ष उपाध्यायले कानुनको धज्जी उडाउँदै उनलाई नियुक्ति गरेको श्रोत बताउँछ । 

तर गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले आफूले कर्मचारी भर्ना प्रक्रिया नियम अनुसार गरेको दाबी गरेका छन । उनले भने “मैले नियम कानुन लाई नै टेकेर नियुक्ति गरेको छु । आफूहरूलाई सिधै नियुक्ति गर्ने अधिकार भएको बताउँदै अध्यक्ष उपाध्यायले भने आफूहरूले समन्धीत ठाँउहरुमा सूचना प्रकाशित गरेको समेत दाबी गरे ।

साथै विगत १० वर्ष देखि निरन्तर कार्यालय सहयोगीको काम गरिरहेका डम्मर नेपालीलाई दैनिक हाजिरी मै राखेको अध्यक्ष उपाध्यायले बताए ।  

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु