धनगढीका स्पामा अनैतिक गतिविधिमा कार्यरत ४ युवतीसहित ६ जना पक्राउ

छिनोफानो   आइतबार ३०, बैशाख २०८१ १०:४५

धनगढी। धनगढीमा सञ्चालित मसाज सेन्टरहरु (स्पा) मा प्रहरीले छापा हानेको छ। वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर जनक ढुंगानाको टोलीले स्पाहरुमा छापा हानेको हो।

शनिबार प्रहरीले धनगढीका सबैजसो स्पामा छापा हानेको थियो। प्रहरी स्रोतका अनुसार ८ ओटा स्पामा छापा हानेकोमा धनगढी उप-महानगरपालिका-४ चौराहास्थित सुदूरपश्चिम स्पा नाम गरेको मसाज सेन्टरमा भने कैफियत भेटिएको छ।

उक्त मसाज सेन्टरमा अनैतिक गतिविधि भएको थाहा भएपछि प्रहरीले सो स्पाका सञ्चालक र त्यहाँ कार्यरत ४ युवतीसहित ६ जनालाई पनि पक्राउ गरेको छ। छापाका क्रममा प्रहरीले सो स्पाको डस्टबिनमा कण्डमहरु फेला पारेको थियो। यस्तै त्यहाँ प्रहरीले युवतीसहितलाई आपत्तिजनक अवस्थामा फेला पारेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु