धनगढीको केजी हस्पिटलमा अप्रेसन गरेका बृद्धको मृत्यु, आयो ७ लाख को विल

छिनोफानो   आइतबार ३०, बैशाख २०८१ ११:१७

धनगढी । धनगढीको केजी हस्पिटल प्रा।लिले सात लाख बढि रुपैयाँमा हर्नियाको शल्यक्रिया गरेका बृद्धको मृत्यु भएको छ ।

साढे दुई लाखमा शल्यक्रिया गरिदिने भन्दै हस्पिटल भर्ना भएका गौरीगां नगरपालिका–१ का ९० वर्षीय घरथरी चौधरीको मृत्यु भएको हो ।  मृतकका छोरा असमान चौधरीले हस्पिटलले भेन्टिलेटरबाट निकालेपछि घर ल्याउने क्रममा हस्पिटलकै गेटमा उनको मृत्यु भएको बताए । साढे दुई लाखमा शल्यक्रिया गरिदिने भनेपछि बुवालाई केजी हस्पिटलमा भर्ना गरिएको तर हस्पिटलले सात लाखको बिल थमाएको उनी बताउँछन् ।

दुई लाख ६५ हजार रुपैयाँ शल्यक्रिया पूर्व नै बुझाइसकेकोमा बिलअनुसारको रकम भुक्तानी गर्न दबाब दिदै हस्पिटलले चौधरीलाई डिस्चार्ज गर्न मानेको थिएन ।  एक लाख रुपैयाँ नगद र दुई लाख पछि दिने भन्दै कागज गरेपछि मात्र हस्पिटलले डिस्चार्ज गरेको उनका छोरा असमानलले बताए । तर पनि बुवालाई बचाउन नसकिएको बताउँदै चौधरीले सात लाख मध्येबाट बाँकी रकम भने हस्पिटलले छुट गरेको बताए ।

साढे दुई लाखमा शल्यक्रिया हुने भन्दै भर्ना गरेकोमा तेब्बर बढि बिल आएपछि समस्यामा परेका चौधरीले बाँकी रहेको दुई लाख कसरी तिर्ने भन्नेमा चिन्ता व्यक्त गरे । तर हस्पिटलले भने शुरुमा साढे दुई लाखमा शल्यक्रिया गर्ने भनिएपनि औषधी लगायतमा खर्च लागेको दाबी गर्दै आएको छ । हर्नियाको शल्यक्रियामा उक्त हस्पिटलले लिएको मूल्य भने स्वभाविक नभएको चिकित्सकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु