कैलालीमा प्रहरीमाथि नै तस्करको निगरानी, २ जना पक्राउ

छिनोफानो   आइतबार ३०, बैशाख २०८१ ११:४२

धनगढी।  कैलालीका विभिन्न सीमानाकाबाट तस्करी गर्नेहरुले प्रहरीमाथि निगरानी राख्ने गरेको पाइएको हो।

तस्कर समूहहरुको तर्फबाट प्रहरीमाथि नै निगरानी गरेको आरोपमा धनगढी ७ मनेहराका बुद्दीराम चौधरी र धनगढी ९ तारातालका पदम पार्की पक्राउ परेका हुन्। शनिबार चौधरी पक्राउ परेसँगै कैलालीका विभिन्न सीमानाकामा तस्करी गर्नेहरुले प्रहरीमाथि नै निगरानी राख्ने गरेको खुलासा भएको छ।

चौधरीलाई से ४ प ५८६१ नम्बरको स्कुटीसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा अवैध रुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका विभिन्न मानिसहरुको समूहलाई सूचना गरेको खुलेको हो। यस्तै उनले सूचना दिएबाफत प्रति सूचना रु.५०० का दरले लिने गरेको बताइएको छ।

यस्तै प्रहरीले आज आइतबार धनगढी-९ ताराताल घर भएका ३२ वर्षीय पदम पार्कीलाई पक्राउ गरेको छ ।धनगढी-८ को भगतचोकमा कपाल काट्ने काम गर्दै आएका पार्कीले दिउँसो कपाल काट्ने तथा रातिको समयमा तस्करहरूलाई प्रहरीबारे सूचना दिने गरेका थिए। बिगत ७र८ वर्षदेखि प्रहरीबारे तस्कर समूहहरूलाई सूचना दिने गरेको पार्कीले प्रहरीलाई बयान दिएका छन्। उनले प्रति सूचना तस्कर समूहबाट ५ सय रकम लिने गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरु दुबै जनालाई राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु