डोटीको पुर्बिचौकी गाउँपालिकाले दुई वर्ष सम्म तिरेन भूकम्प पीडितलाई खरिद गरेको त्रिपालको पैसा

पवन भण्डारी   आइतबार ३०, बैशाख २०८१ ०१:१२

पवन भण्डारी,धनगढी । डोटीको पुर्बिचौकी गाउँपालिकाले भुकुम्प पीडितहरूको लागी खरिद गरेको त्रिपालको रकम हाल सम्म पनि भुक्तानी नगरेको भन्दै व्यापारी गौरी शंकर उपाध्यायले गुनासो गरेका छन ।

गाउँपालिकाले विगत दुई वर्ष देखि विभिन्न बहाना गर्दै आफूहरूले पाउनु पर्ने १५ सय ६७ थान त्रिपालको करिब ३२ लाख रुपैयाँ गाउँपालिकाले रोकेको उनले बताए । प्रत्येक पिसको २ हजारका दरले १५ सय ६७ थान त्रिपाल आफूले गाउँपालिका लाई उपलब्ध गराएको उनले बताए । 

उनी भन्छन् “आफूले रकम भुक्तानीको लागी पटक पटक गाउँपालिका घाउदा पनि पालिका कर्मचारीहरुले आनाकानी गर्ने गर्छन् ।” मैले गाउँपालिकामा बरु तपाईँलाई कमिसन चाहिन्छ भने लिनुस् तर मेरो भुक्तानी गरिदिनुहोस् भनेर पटक पटक बिन्ती गर्दा पनि उनीहरूले वास्ता नै नगरेको बताए ।”

गाउँपालिका कर्मचारी र जनप्रतिनिधि लाई मैले समस्या पर्दा साथ दिए आफले ब्याक्तीगत लगानी गरी नेपालगन्जको गणपति सप्लार्यस बाट त्रिपाल खरिद गरे तर दुई वर्ष सम्म भुक्तानी माग्दा कहिले कोही छैन कहिले केही पुगेन भन्दै अल्झाउने गरेको गुनासो गरे । 

व्यापारी उपाध्याय भन्छन् मैले श्रीमतीको गर गहना बैङ्कमा धितो राखेर  १० लाख ५० हजार तिरेको छु मलाई नेपालगन्जबाट साहुले पटक पटक फोन गर्छन् मैले कसरी पैसा तिर्ने उनले भने । सायद म बाहिर बाट आएर व्यापार गरेको भएर होला मलाई गाउँपालिकाले पैसा पेलेको उनले भने ।

गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले आफूहरूले रकम भुक्तानी गरिसकेको भए पनि उनीहरूले चेक नबुझेको दाबी गरे । उनले भने हामीले जुन फामबाट बिल आएको हो सो बिल अनुसार चेक काटेका छौ तर उनीहरूले चेक बुझेका छैनन् । गाउँपालिका भूकम्पका बेला बिना टेन्डर त्रिपाल सिधै खरिद गरेको थियो ।  

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु