कैलालीमा नदीमा नुहाउँदा डुबेर २ बालबालिकाको मृत्यु

  आइतबार ३०, बैशाख २०८१ ०५:३१

धनगढी, ३० वैशाख/कैलालीमा नदीमा नुहाउँदा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो ।

आइतवार दिउँसो साढे १ बजेको समयमा नदीमा नुहाउने क्रममा गम्भीर घाइते भएका खड्काको उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको र साउँदलाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० पदमबहादुर बिष्टले बताए । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु