कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्युु

छिनोफानो   मङ्गलबार ०१, जेठ २०८१ ०९:४२

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरि फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका(९ कि १८ वर्षीया अञ्जली परियारको मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।

एम्बुलेन्समा सवार अन्य पाँच जना व्यक्ति भने सकुशल रहेका छन् । एम्बुलेन्स र चालक भारतको नैनितालका ५० वर्षीय प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु