क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै

छिनोफानो   मङ्गलबार ०१, जेठ २०८१ १०:२२

काठमाडौँ, जेठ १ गते । क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ । काठमाडौँ जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो । 

वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृप ध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पहिलो नम्बरमा परेको भए पनि हेर्न नमिल्ने भन्दै पन्छाइएको थियो । जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु