भारतको खुद्रा मुद्रास्फीति ४.८३ प्रतिशतमा घट्यो

छिनोफानो   बुधबार ०२, जेठ २०८१ ११:५१

नयाँदिल्ली, जेठ २ गते । भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घटेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतको तुलनामा ४.८३ प्रतिशत रहेको छ ।

खाद्य मुद्रास्फीति मार्चमा ८.५२ प्रतिशतबाट बढेर अप्रिलमा ८.७० प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु