पुर्बीचौकी गाउँपालिका ७ बगाडामा १ बत्ती बालेर तत्कालीन प्रदेश प्रमुख जोशीले उद्घाटन गरेको बिजुली २ वर्ष सम्म पनि बस्तीमा बलेन

पवन भण्डारी   बिहिबार ०३, जेठ २०८१ ०३:३२

पवन भण्डारी,धनगढी । डोटीको पुर्बीचौकी गाउँपालिका ७ बगाडामा बिधुत उद्घाटन भएको २ वर्ष सम्म पनि नागरिकले बत्ती बाल्न पाएका छैनन् ।

तत्कालीन सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले उद्घाटन गरेको बिद्युत् हालसम्म नागरिकको घर सम्म पुगेको छैन । प्रमुख जोशीले ट्रान्स मिटर जोडेको ठाउँमा मात्र बत्ती बालेर उद्घाटन गरेका थिए । समन्धीत ठाँउहरुमा बिद्युत् नपुगेरै उद्घाटन गरी चर्चा कमाउने उद्देश्यले गाउँपालिकाले उद्घाटन गरेको स्थानीय देव बहादुर बोगटीले छिनोफानोलाई बताए । 

उनले भने कतिपय ठाउँमा पोलहरू हालेका छन कति ठाउँमा हालेका पोल पनि ढली सके तर गाउँपालिकाले दुई वर्ष सम्म पनि कुनै वास्ता गरेको छैन उनले भने ।  पुरै बस्तीमा बत्ती बालेर उद्घाटन गर्नु पर्ने भए पनि १ बत्ती बालेर उद्घाटन गर्नु गाउँपालिकाको निकै कमजोरी रहेको उनले बताए । उद्घाटन गरेर चर्चा कमाउनको लागी मात्र गाउँपालिकाले ट्रान्समिसन बत्ती बालेको भन्दै नागरिक स्तरमा आलोचना समेत भइरहेको छ ।   

उद्घाटन गर्ने बेला एक बत्ती बालेर गरेको बताउँदै अर्का एक स्थानीय भन्छन् “उद्घाटन गरेको दुई वर्ष भन्दा बढी भईसकोको छ अझै एउटा बत्ती सम्म बलेको छैन पोलहरू सबै ढलेका छन उनले भने ।”उद्घाटन गर्न हतार गरेको गाउँपालिकाले दुई वर्ष सम्म पनि सो क्षेत्रमा बत्ती नबाल्नु लाजमर्दो कुरा भएको बताउँदै उनले भने पटक पटक यो बारे जानकारी गराउँदा समेत कुनै वास्ता भएन ।”

पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले आफूले विविध कारण बस सो ठाउँमा बिजुली बल्न सकेको स्वीकार गरेका छन । अध्यक्ष उपाध्यायले भने “म अहिले सोही ठाउँमा जादैछु अब असार मसान्त भित्र बत्ती बाल्ने हामीमा छौ अहिले काम सुरु छन उनले भने ।” अध्यक्ष उपाध्यायले सो बिषयमा थप कुरा गर्न भने चाहेनन् । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु