गायक रवि ओड धरौटीमा रिहा

छिनोफानो   बिहिबार ०३, जेठ २०८१ १०:१०

धनगढी । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले  जानकारी दिए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु