मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

छिनोफानो   शुक्रबार ०४, जेठ २०८१ ०३:१९

हेटौंडा । मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ का ५५ वर्षीय काले बहादुर राइको मृत्यु भएको छ । भैंसी चराउन गएका अवस्थामा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आएको जंगली हात्तीको आक्रमणबाट राइको ज्यान गएको हो । राइसङ्ग गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए ।

राइलाई आक्रमण गरेपछि अन्य दुइजनाले नजिकैको नेपाली सेनालाइ खबर गरेपछी सेनाको टोलिले खोजिगर्दा राइको शव भेटेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु