संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास

छिनोफानो   शनिबार ०५, जेठ २०८१ ०८:५६

काठमाण्डौ – संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण बनेको अवस्थालाई सौहाद्र्धपूर्ण बनाउन पहल भइरहेको नेताहरुको भनाइ छ ।

सहमति नभइ संसद बैठक सञ्चालन गर्दा वातावरण बिग्रने भएकाले हिजोको संसद बैठक भोलिसम्म सारिएको छ । भोलि बिहान ११ बजे बैठक बस्नुअघि सहमति जुटाउन नेताहरुले थप पहल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी विकल्पसहित सभामुखसहित सत्तापक्ष र प्रतिपक्षका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले संसदीय समिति बनाउनुपर्ने मागसहित निरन्तर संसद अवरोध गर्दै आएको छ । गृहमन्त्रीको नाम नजोडी सहकारी प्रकरणबारे छानबिन समिति बनाउन सत्तापक्षले पनि सहमति जनाएको छ । तर कांग्रेसले गृहमन्त्रीको नाम जोडेरै समिति गठन हुनुपर्ने अडान लिएको छ ।

नेताहरुकाअनुसार गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको जवाफ दिने र संसदीय समिति बनाउनेगरी सहमतिको प्रयास भइरहेको छ । सहमति जुटाउन प्रधानमन्त्री र अरु नेताहरुले पहल गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले पर्सि सोमवार संसदबाट विश्वासको मत लिने कार्यतालिका भएकाले आज कांग्रेससित निर्णायक वार्ता गर्न लाग्नुभएको छ ।

भोलि संसद्को बैठक बस्ने बेलासम्म सहमति नभए पर्सि सोमवार विश्वासको मत लिने कार्यतालिका प्रभावित हुन सक्ने भएकाले प्रधानमन्त्रीले आजै सहमति जुटाउनेगरी पहल गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु