प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु

छिनोफानो   आइतबार ०६, जेठ २०८१ ११:११

धनगढीः कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ। भन्सार छलीका सामानसहित तीन गते पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो। हिरासतमा रहेका चौधरी एक्कासी बेहोस भएपछि  प्रहरीले उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।

चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले बताए ।  चौधरी तीन गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए। उनलको आज आइतबार विहान उनको मृत्यु भएको हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु