नगरप्रमुख बोहोराले माघ भित्र मर्मत गर्छु भनेको बायोग्याँस प्लान्ट अझै मर्मत भएन

छिनोफानो   आइतबार ०६, जेठ २०८१ ०२:४२

पवन भण्डारी,धनगढी । चर्चा बटुल्नकै लागी मंगलसैन नगरपालिकाले उद्घाटन गरेको बायो ग्याँस हाल सम्म पनि नागरिकले प्रयोग गर्न पाएका छैनन् । मंगलसैन नगरपालिका ६ मा उद्घाटन गरी जनताको आँखामा छारो फाल्ने गरी उद्घाटन गरिएको ग्यास,उद्घाटन भएको दिनमै बन्द भएको थियो । 

नगर प्रमुख पदम बहादुर बोहोराले २०८० श्रावण महिनामा एक कार्यक्रमका बिच सो बाँयोग्याँस प्लान्टको तामझामका साथ उद्घाटन गरेका थिए ।जनताको आँखामा छारो फाले जस्तै गरी सञ्चालनमा आएको बायो ग्याँस प्लान्ट न जनताको घरमा बल्यो न संरचनालाई नगरपालिकाले व्यवस्थापन ग¥र्यो । 

मङ्गलसेन नगरपालिका वडा नम्बर–६ तेसिङ्गेमा निर्माण गरिएको ‘डम्पिङ साइटमा बायो ग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्याँस उत्पादन तथा भण्डारण गर्ने  लक्ष्य रहेको थियो भने मङ्गलसेन नगरपालिकाले सङ्कलित फोहरबाट बायो ग्याँस उत्पादन गरेको थियो । 

नगरपालिकाको पहलमा बायो ग्याँस प्लान्ट सञ्चालनमा आएपछि स्थानीयहरू निकै हर्षित भएका थिए भने मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराको उक्त कामको कदर गर्दै स्थानीयहरूले निकै प्रशंसा समेत गरेका थिए । तर केही दिनको खुसी पश्चात् स्थानीयहरू पुनः निराशामा परिणत हुन पुगे ।  

सो सम्बन्धमा छिनोफानो डटकमले गत पुस ६ गते समाचार प्रकाशन गर्दा नगर प्रमुख बोहोराले  केही प्राविधिक समस्या र गोबरको कमी हुनाले बन्द भएको बताउँदै यो समस्या समाधान छिटो भन्दा छिटो गर्ने बताएका थिए । तर नगर प्रमुख बोहराले हाल सम्म पनि बायो ग्यास प्लान्ट बारे केही गर्न सकेका छैनन् । 

प्रमुख बोहोराले आफूले  नेपाल प्रहरी र नेपाली सेनाको ब्यारेक बाट निस्कने फोहोरलाई समेत कलेक्सन गरेर बायो ग्याँस प्लान्ट लाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउने कोसिसमा रहेको बताए थिए । तर नगरप्रमुख बोहोराले बोलेको कुरा हाल सम्म पनि पुरा भएको छैन । 

 करिब ७० घर धुरीलाई वितरण गर्ने लक्ष्यसहित नगरले बाँयोग्यास प्लान्ट गत श्रावणमा सञ्चालनमा ल्याएको थियो भने ५ घरमा वितरण समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु