डोटीको पुर्बिचौकी गाउँपालिकाले स्थानीय सरकार संञ्चान ऐनको धज्जी उडाउँदै  गर्यो  कर्मचारी नियुक्ति

छिनोफानो   सोमबार ०७, जेठ २०८१ ०३:२३

पवन भण्डारी,धनगढी । डोटीको पुर्बिचौकी गाउँपालिकाले स्थानीय सरकार संञ्चान ऐन २०७४ लाई धज्जी उडाउँदै कर्मचारी नियुक्ति गरेको भेटिएको छ । 

No description available.

वडा नम्बर १ मा कृषि जेटिए नियुक्त गर्दा वडाको  सिफारिसमा कार्यपालिकाले सिधै कर्मचारी नियुक्त गरेको भेटिएको हो । कर्मचारी नियुक्ति गर्दा सार्वजनिक रूपमा सूचना प्रवाह गरी आवश्यक लिखित मौफिक परीक्षा लिनु पर्ने भए पनि गाउँपालिकाले कानुनको समेत धज्जी उडाउँदै आफ्नै मन लागेको मान्छेलाई नियुक्त गरेको हो । 

गाउँपालिकाले सूचना नै नगरी कर्मचारी भर्ना गरेको स्थानीयले आरोप लगाए पछि सो बिषयमा छिनोफानो डटकमले सूचना माग गरेको थियो । गाउँपालिकाले उपलब्ध गराएको सूचनामा समेत वडा कार्यालयको सिफारिसमा कार्यपालिकाले निर्णय गदै नियुक्त गरेको जनाएको छ ।

No description available.

 गाउँपालिकाले उपलब्ध गराएको सूचनामा भनिएको छ । आवश्यकता र औचित्यका सिद्धान्तमा रही  तत्काल नियुक्त गर्नु पर्ने भएकोले कार्यपालिकाको निर्णय बमोजिम कर्मचारी नियुक्त गरेको गाउँपालिकाले जनाएको छ । 

No description available.

तर स्थानीय सरकार संञ्चान ऐन २०७४ को कुनै पनि बुँदामा कार्यपालिकालाई सूचना नै जारी नगरी कर्मचारी नियुक्त गर्न पाउने अधिकार भने दिएको छैन । गाउँपालिकाले आफ्नो काम कर्तव्य र अधिकारको दुरुपयोग गर्दै कर्मचारी भर्ना गरेको भन्दै नागरिक स्तर वाट चर्को विरोध समेत हुँदै आएको छ । 

No description available.

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु