मंगलसेन नगरपालिका वडा न. ११ पूर्ण खोप वडा घोषणा

छिनोफानो   शुक्रबार ११, जेठ २०८१ ०३:०३

धनगढी ।  मंगलसेन नगरपालिका वडा नम्बर ११ लाई आज एक कार्यक्रमका बिच पूर्ण खोप वडा घोषणा गरिएको छ । जुपु स्वास्थ्य चौकीको आयोजनामा मंगलसेन नगरपालिका वडा नम्बर ११ लाई एक कार्यक्रमका बिच पूर्ण खोप वडा घोषणा गरिएको हो । वडा भएका जन्मे देखि ५ बर्ष मुनीका सम्पूर्ण बालबालिकाले पाउनुपर्ने सबै खोप पाइसकेकाले सबै प्रक्रिया पुर्‍याएर वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।

वडा खोप समन्वय समितिका अध्यक्ष नर बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य पूर्ण बहादुर रावल रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले पूर्ण खोप वडा घोषणा गरेकोमा धन्यवाद दिँदै यो कुरा सबैले सिक्नु पर्ने बताए ।

उनले भने खोप सबैका लागी अनिवार्य छ त्यसैले खोप लगाउन आफ्ना बालबालिका लाई नछुटाउनु होला । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि ,जनप्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी शिक्षक बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।   

कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक अर्जुन बहादुर बोहराले गर्नु भएको थियो।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु