धनगढीमा एक पुरुष मृत अवस्थामा फेला

छिनोफानो   आइतबार २०, जेठ २०८१ ०४:३४

धनगढी ।   कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

धनगढी उपमहानगरपालिका-१३ राजपुर स्थित दाना फ्याक्ट्री अगाडि नामरथर नखुलेको भारतीय मुलको जस्तो देखिने अन्दाजी ४०/४२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु