कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

छिनोफानो   सोमबार २१, जेठ २०८१ १०:०१

धनगढी ।  कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षीय रमेश चौधरी र घोडाघोडी नगरपालिका-१ बस्ने २५ वर्षीय बिकास चौधरी ८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्।

यस्तै टीकापुर नगरपालिका-१ रिगल चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय बिपिन साउद ३३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्। तीनै जनालाई आइतवार लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु